
काठमाडौं । नेकपा एमालेका नेता एवं अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । गंगालाल अस्पतालमा उपचारका क्रममा थापाको मंगलबार बिहान निधन भएको पारिवारले जानकारी दिएको छ ।
एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गरेका थिए।