
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बहुमत पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । माधव नेपाल पक्षले बहुमतका आधारमा भट्टलाई विश्वासको मत दिन निर्णय गरेको हो । यो निर्णयको केपी ओली पक्षका ७ सांसदले असहमति जनाएका छन ।
माधव पक्षले बहुमतका आधारमा निर्णय गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि अब एमाले संसदीय दल विभाजित भएको छ । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ ।