
चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धन चितवनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ । नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ ।”
ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उनले बताए ।
प्रधानमन्त्री देउवाले भने, “यसलाई अझबढी एकताबद्ध बनाउने भन्ने हो ।” यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनुपर्ने उनले बताए । गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने उनको विश्वास थियो ।
उनले भने, “गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने विश्वास लिएको छु ।” अहिलेको संविधानमा मनपरि तरिकाले संसद् विघटन गर्ने अधिकार नभएको उल्लेख गर्दै उनले भने, “अहिलेको संविधानमा मनपरी तरिकाले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।”
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुई पटक विघटन गरेको उल्लेख गर्दै उनले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताए । उनले भने, “हामीले त्यसको