काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर दुईका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत ती पुरुषलाई थप समस्या भएपछि काठमाडौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । योसँगै कपिल्वस्तु जिल्लामा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।