काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको भन्दै अदालतको अवहेलना कहिल्यै नगरेको जिकिर गरेका छन् । सर्वोच्च अदालतमा आज आफैं उपस्थित भई बुझाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुख र अदालतको अमूल्य समय मात्र खेर जाने जिकिर गरेका छन् ।


