काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस सरकारमा जाने नजाने बहस सुरु गर्ने बेला नआएको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत महामन्त्री खड्काले अहिले पनि काग्रेसको काँधमा धैर्यता र संयता आवश्यक रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अहिले पनि काग्रेसको काँधमा धैर्यता, संयता र समयको माग अनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको छ । अहिलेनै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन । भरखर त नयाँ खेल सुरु भएको छ । परिपक्वता र साहसिक निर्णय काँग्रेसबाट देशले फेरि माग गर्दैछ । तर अझै उपयुक्त समयको प्रतिक्षाको जरुरी छ ? हतार गरि हाल्नु जरुरी छैन, कम्तिमा विगत ३ महिनाको अनुभवले यही शिक्षा हामीलाई दिएको छ । बस ।’
