काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक आगामी आइतबार बस्ने भएको छ। चैत १ गते आइतबार केन्द्रीय कमिटी बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि एमाले ब्युँतिएको थियो । अस्तित्वमा आएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।
सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमालेले पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधान त्यही बैठकले गर्ने बताएका छन् । नवौं महाधिवेशनमा निर्वाचित र पछि मनोनीत गरी एमालेका २ सय ५ जना केन्द्रीय सदस्य छन् । तीमध्ये माधवकुमार नेपाल पक्षमा ९० जना छन् भने १० पद रिक्त छन्।