काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली सरकारलाई विदा गर्न ढिला भएको बताएका छन् । बिहीबार समाजिक संजाल ट्वीटमार्फत भट्टराईले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !’
