छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या केही दिनदेखि लगातार घट्न थालेको छ । यसअघि लगातार दैनिक ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ । योसगै कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ४० हजार ४५६ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ९३ लाख ७६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३७ लाख ९ हजार ५५७ रहेको छ । यस्तै एकैदिन ४२ सय संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २ लाख ५४ हजार २२५ पुगेको छ ।