ऋषि कटेल ।
फासिस्ट ओली सरकारको विरुद्ध हामीले पटक पटक विरोध प्रदर्शन गर्यौं । देशमा ओलीराजमा हत्या, आंतंक ,राष्ट्घात,भ्रष्टाचार,गैरसंवैधानिक क्रियाकलापले देश एउटा यातना शिविरमा कैद हुन पुग्यो । देशको एउटा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । निर्दोष नागरिकको हत्या गरियो । लेखक ,कलाकार ,पत्रकार, शिक्षक, विद्यार्थी लगायत हजारौं राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरियो, यातना दिइयो, जेलमा कोचियो । यस्तो पासविक दमनको विरुद्ध जनताले सडकवाट प्रतिवाद गरिरहे । न प्रतिपक्ष काँग्रेस, न राजपा, न दाहाल माकुने गुट, न यिनको तथा कथित संसद कसैले एक शब्दसम्म बोलेन । सत्ताको मतियार बनेर लुटतन्त्रको भागवन्डामा मस्त रहे । दमन र उत्पीडनलाई प्रोत्साहित गर्दै रहे ।
जब ओलीको अधिनायकवादको डण्डा उनीहरुमाथिनै वर्षन थाल्यो, सत्ताको भागवन्डा खोसिन थाल्यो ,अनि विदेशी प्रभुहरुको निर्देशन पनि आउन थाल्यो तब उनीहरुले ओलीलाई देशघाती ,भ्रष्ट आदि आदि देख्न थाले । संसद विघटन भएर जागिर गएपछि यिनको लुटतन्त्रको साधननै टुट्यो । त्यसपछि ओलीको अत्याचार,जनघात र राष्टघातकाविरुद्ध जुधिरहेका जनताको साहानुभुति लिन सकिने षड्यन्त्रकारी तानावाना बुन्दै ओली विरोधी अभियानमा यिनीहरु देखिए । अहिले पनि उनीहरुसँग देशले भोगिरहेको संकट समाधानको कुनै वैकल्पिक योजना छैन । केवल ओलीले आफूलाई लुटतन्त्रको हिस्सा नदिएको गुनासो र आक्रोस बाहेक अरु कुनै योजना प्रतिपक्ष सँग देखिदैन ।
यसको ज्वलन्त उदाहरण अन्त खोज्न जानै पर्दैन । ओलीले संसद विघटनपछि संसदको पुनःस्थापनाको मागलिएर सडकमा निस्केकाहरु आज झण्डै दुई महिना विति सक्दा पनि वैकल्पिक सरकारसम्म दिन नसक्नु राजनीतिमा यो भन्दा नालायकी के हुन्छ ? यसले के प्रष्ट गर्दछ भने दुई तिहाईको वहुमत दिदापनि देश चलाउन नसक्ने सत्तासिनदल र सत्तासिन दल फुटेर अलपत्र पर्दा समेत विकल्प दिन नसक्ने प्रतिपक्षको कारण नत यी दलहरु न यिनको व्यवस्थाले देशका सामु विद्यमान संकटको निकास दिन सक्दछ । अब नेपाली जनताले वैकल्पिक राजनीतिक दल र ब्यवस्थाको निम्ति जनक्रान्तिको झण्डा उठाउन ढिला गर्न हुँदैन ।