काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ ।
यसअघि यादव पक्षले अर्का अध्यक्ष ठाकुरसहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ दिनुको सट्टा ठाकुर पक्षले उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । ठाकुर पक्ष सरकारमा सामेल हुन लागेको छ ।
तर यादव पक्ष ओली सरकार बहिर्गमनको पक्षमा छ । जसका कारण जसपामा विवाद बढेको हो । यसअघिको कार्यकारिणी समितको बैठकले पार्टी हित विपरित कार्य गरे स्वतः पार्टीबाट निस्कासित हुने निर्णय गरेको थियो ।