cfly{s jif{sf] gLlt tyf sfo{qmd k|wfgdGqL z]/axfb'/ b]pjf sf7df8f}F, !$ h]7 M k|wfgdGqL z]/axfb'/ b]pjf k|ltlglw;efsf] cfhsf] a}7sdf cfufdL cfly{s jif{sf] gLlt tyf sfo{qmd dfly ;f+;bx?n] p7fpg'ePsf] k|Zgsf] hjfkm lbFb} . t:jL/ M ???? ???????,/f;;
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन् ।
आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारी कार्यलयहरुमा अझैपनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए ।
उनले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहको औंल्याए ।
प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै निजामती कर्मचारीहरुले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे ।
उनले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्रचलित कानूनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन पनि निजामती कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले नयाँ संघीय निजामति सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र संघीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने प्रतिवद्धता जनाए ।