Skip to content
June 24, 2026

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

Primary Menu
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • विश्व मामिला
  • स्वास्थ्य
  • खेलकूद
  • रङ्गमञ्च
  • ENGLISH
Live
  • Home
  • २०८१ माघ १, मंगलवार ०८:५३
  • २०८१ माघ १, मंगलवार ०८:५३
  • २०८१ माघ १, मंगलवार ०८:५३
  • देवघाटमा मकरस्नान गर्न भक्तजनको घुइँचो(फोटोफिचर)
  • खबर

देवघाटमा मकरस्नान गर्न भक्तजनको घुइँचो(फोटोफिचर)

HT २०८१ माघ १, मंगलवार ०८:५३
devghat maghi (3)
Spread the love

नवलपुर (नवलपरासी) । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।

तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए ।

“नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उनले भने, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।” कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै उनले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताए।

चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने बताए । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उनले बताए । कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उनले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताए।

“माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ”, वडाध्यक्ष तिवारीले भने, “तीर्थालुले माघे सङ्क्रान्ति स्नान सहज रूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।”

नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा सहज र बाटोसमेत छोटो पर्ने उनले बताए । चितवनतर्फबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भन्दै वडाध्यक्ष तिवारीले नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने बताए ।

“धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा छैन, गैँडाकोटबाटै सहज र छिटो देवघाटको बेनी पुगिन्छ भनेर प्रचारप्रसार गर्न हामीले पहल गरेर निःशुल्क डुङ्गाको व्यवस्था गरेका हौँ”, वडाध्यक्ष तिवारीले भने, “डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिइँदैन ।”

नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे। मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

तस्बिर : सनद अधिकारी

Related

Continue Reading

Previous: राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई परीक्षाको तालिका सार्वजनिक
Next: बेलायतसँगको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायोः शेखर कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Stories

Sabaila1
  • खबर
  • प्रदेश खबर
  • मधेस प्रदेश
  • स्वास्थ्य

सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न

HT २०८२ चैत्र १३, शुक्रबार २०:०९
स्वस्थ अामा समूह सबैला नगरपालिका
  • खबर
  • प्रदेश खबर
  • मधेस प्रदेश
  • समाज
  • स्वास्थ्य

सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन

HT २०८२ माघ २०, सोमबार २३:०७
  • खबर

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

HT २०८२ असार २१, शनिबार ०७:५३

Recent Posts

  • सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न
  • सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन
  • चीन–नेपाल सम्बन्ध राष्ट्र–राष्ट्रबीचको आदर्श नमूना: राजदूत छन सुङ्ग
  • यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
  • ट्रम्पद्वारा अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको राजीनामा माग
  • नेपालमा ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • यस्तो छ संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमा सर्वोच्चको फैसला(पूर्णपाठ)

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

rastrapati chure protection program

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

मिथिला नगरपालिका

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Bateshwor

Village Women’s Craft Center

villege womens craft jandav

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

Nuna Traders for Montessori Items

nuna

You may have missed

Sabaila1
  • खबर
  • प्रदेश खबर
  • मधेस प्रदेश
  • स्वास्थ्य

सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न

HT २०८२ चैत्र १३, शुक्रबार २०:०९
स्वस्थ अामा समूह सबैला नगरपालिका
  • खबर
  • प्रदेश खबर
  • मधेस प्रदेश
  • समाज
  • स्वास्थ्य

सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन

HT २०८२ माघ २०, सोमबार २३:०७
  • इतिहास
  • विचार
  • विश्व मामिला

चीन–नेपाल सम्बन्ध राष्ट्र–राष्ट्रबीचको आदर्श नमूना: राजदूत छन सुङ्ग

HT २०८२ श्रावण २७, सोमबार २३:३९
  • खबर

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

HT २०८२ असार २१, शनिबार ०७:५३

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

Himalayan Tribune

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
    • समाज
    • राजनीति
    • अर्थ
    • विचार
    • विश्व मामिला
    • स्वास्थ्य
    • खेलकूद
    • रङ्गमञ्च
    • ENGLISH
    Copyright © All rights reserved. | MoreNews by AF themes.