जनकपुरधाम । सशक्त बालिका परियोजनाको नगरस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त बालिका परियोजनाले प्रारम्भिक बाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नम्बर ९, १०, ११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नम्बर ७ मा यो कार्यक्रम संचालित छ । उक्त कार्यक्रममा नगरस्तरीय प्रारम्भिक बाल विकास समितिका पदाधिकारीहरु प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका शिक्षा,स्वास्थ्य,सामाजिक विकास शाखा ,महिला बालबालिका शाखा प्रमुखहरु, संम्बन्धित वडाको वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाको प्रमुखहरु र जानकी महिला जागरण समाजबाट परियोजनामा आवद्घ कर्मचारीहरुको उपस्थिति रहेको थियो । विगत सेप्टेम्बर महिनादेखि हालसम्म भएको कृयाकलाप र उपलव्धिहरुबारेमा छलफल तथा प्रस्तुतिकरण गरियो । कार्यक्रम संयोजक निकिता सिंह यादवले प्रस्तुतीकरण गरेकी थिइन् ।
यस अवधिमा मुख्य गरि अभिभावक शिक्षा सम्वन्धि ५२ वटा समुहमा ८/८ वटा कक्षाहरु संचालन भएको, १० वटा किशोरी समुहमा २३ वटा स्टिक एन्ड स्टोनस त्यस्तै सकरात्मक अभिभावकत्व कक्षा र अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ। त्यस्तै नवजात शिशु स्वागत,हिंसा र अति गरिव परिवारलाई जिवन निर्वाहकोलागि अवस्यक सामग्रीहरु वितरण गरिएको छ।
परियोजनाले गर्दा एएन्सी पिएन्सी चेकअप बढेको, सन्तानको स्याहारमा र सहभागितामा पुरुषहरुको संलग्नता बढेको पाइएको स्वास्थ्य कोर्डिनेटर गुलेस्वर गडेरीले बताए । नगर कार्यपालिका सदस्य तथा प्रारम्भिक वालविकास समितिको सदस्य निर्मला परियारले परियोजनामा भएका क्रियाकलापहरु प्रभावकारी पारदर्शी हिसावले संचालन भएको बताइन् ।
सहभागीहरुले बालबालिका र किशोरीहरुमा भएको लगानी र कृयाकलापले समुदायको सबैमा खुसी ल्याएको र कार्यक्रमको निरन्तरता हुनुपर्ने धारणाहरु राखेका थिए । सबैला नगरपालिकाको कार्यकारी अधिकृत सवीरकुमार महतोले सहयोगी निकायहरुले नेपाल सरकारले आफैंले गर्नुपर्ने काममा सहयोग गरेकोमा धन्यवाद दिदै अबको नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दा सहकार्य गरिने प्रतिवद्घता जनाए ।
कार्यक्रमको अध्यक्षता गरेकी जानकी महिला जागरण समाजको अध्यक्ष मन्दा कुमारी कर्णले सरोकारवालाहरुको सुझावलाई मध्यनजर गर्दै पालिकाहरुसँग आगामी दिनहरुमा अझ प्रभावकारी कृयाकलापहरुमा जोड दिने बताइन् ।
