संजय प्रसाद पौडेल,
जनकपुरधाम, चैत्र ११ गते, सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना(GSS) ले प्रारम्भिक वाल विकासको क्षेत्रमा काम गरिरहेकाले बालबालिकाको पोषण स्तर सुधारकोलागि कार्यक्रम गरिएको हो ।
सबैला नगरपालिकाको वडा नं.९,१०,११ र १३ को टोलहरुमा टोलबासिहरु भेला भई भवनमा भेला भई पोषण प्रदशन छलफलमा सहभागि भएका हुन । हरेक वार खाना चार मुल नाराको साथमा छलफल गरिएको हो ।
बालबालिकाको सर्वाङ्गिण विकासकोलागि ६ महिना सम्म आमाको दुध पर्याप्त मात्रामा खुवाउनु पर्ने र थप आहारको रुपमा लिटो,जाउलो,खिर,हलुवा,दाल,सागको रस मात्रा मिलाएर खुवाउन आवस्यक छ । गर्भवति महिलाले गर्भ अवस्था देखि पोषिलो थप आहार खानु पर्छ । नेपाल सरकारले दुई बालबालिकाको चिन्ह भएको नुनमा आयोडिनको मात्रा मिसावट गरि यसको प्रयोगमा जोड दिएको छ । आयोडिनले हाम्रो शरिरको,दिमागको विकासमा र शरिरको तापक्रम अनुकुलनको पनि काम गर्ने हुन्छ ।
महिला स्वास्थ्य स्वयमसेविका ,अभिभावक ,किशोरीहरु ,आमा समुहको महिलाहरु , गर्भवती , सुत्केरी भेला भई कार्यक्रम गरिएको हो । ४ वटा कार्यक्रममा करिव १०० जना सहभागी थिए भने सहजिकरण स्वास्थ्यकर्मिहरुले गरेका थिए । सवैला नगरपालिकाले यो अभियानमा समन्वय गरेको र कार्यक्रम चलेको वडाहरुमा पोषणको अवस्थामा धेरै सुधार आएको स्वास्थकर्मीहरुले बताए ।
