काठमाडौं । अखिल नेता भुवन आचार्यले चितवनको चेपाङ बस्तीका दुई दर्जन बालबालिकालाई दशैंका कपडा वितरण गरेका छन् । गतसाता चितवन गएर उनले चेपाङ बस्तीका बालबालिकालाई दशैंका लागि कपडा वितरण गरेका हुन् ।
गरिव परिवारका बालबालिकालाई दशैंमा रमाइलो होस् भनेर आफूले कपडा वितरण गरेको उनले बताएका छन् । औषधि व्यवसायीसमेत रहेका आचार्यले आफ्नो जन्मदिनमा केही महिना अघि दुई लाख रुपैयाँ बराबरको सहयोग गरेका थिए ।
त्यस्तै उनले विभिन्न समयमा विभिन्न जिल्लामा स्वास्थ्य शिविर समेत संचालन गर्दै आएका छन् । राजनीति, व्यवसाय र समाजसेवाई सँगसँगै लैजान आफूले चाहेको उनले बताएका छन् ।