काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा राष्ट्रपतिको सक्रियताले पदको मर्यादा र गरिमाको उल्लंघन भएको बताएका छन् ।
शुक्रबार सामाजिक संजाल ट्वीटमार्फत रावलले नेकपाका राजनीतिक सस्या समाधानका सन्दर्भमा एक पक्षलाई साथ दिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर पार्टीभित्रको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेकी थिइन् ।