गाइघाट । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि […]

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० का खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न हतियारसहति आएको समूह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई सार्वजनिक गरेको छ । यही साउन १ गते उक्त सुन पसलमा तीनवटा मोटरसाइकलमा ६ जना लुटपाट गर्न योजना बनाएर पुगेका […]

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल […]

विराटनगर । प्रदेश एकको प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आइतबार बसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा यही जेठ २७ गते बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत भएको […]

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नम्बरको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । […]

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश एकको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बजेट अधिवेशनको अघिल्लो दिन प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् । गएको पुस ५ गते […]

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका एक दम्पतीको मृत्यु भएको छ । गएराति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नम्बर ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद […]

उदयपुर । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको […]

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर –४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति […]

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो […]