काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजालसले उक्त अध्यादेश यथास्थितिमा राख्न आदेश जारी गरेको हो । कानुन बनाउने संसदको अधिकारक्षेत्र रहेकोमा त्यसलाई मिचेर अत्यावश्यक […]

काठमाडौं । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारीः नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा […]

गायक जयन्द्र रैगाईँको पहिलो गीत ‘भाग्य’ सार्वजनिक भएको छ । मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका गायक रैगाईँले पहिलो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । उनले लकडाउनकै बीचमा उक्त गीत रेकर्ड गरिएकाले भिडियोमा खासै मेहनत गर्न नपाएको बताए । यस गीतको शब्द उनी आफैंले लेखेका हुन्। म्यूजिका ल्याबोरेटरी माछापोखरीमा रेकर्डिङ […]

गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने विष्णु खरेलको शब्द रहेको छ । छायाँकार योदीन योञ्जनले छायाँकन गरेको म्युजिक भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्वय विष्णु खरेल […]

सुमधुर आवाजका धनी गायक दीपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत “दिलकी रानी“ को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ । डि सिरिज युट्युब च्यानलमार्फत सार्वनिक गरिएको “दिलकी रानी“ अहिले चर्चामा रहेको छ। दीपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई […]

यस वर्षको मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले पाएकी हुन् । सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलो पटक रद्द भएको थियो । मिस युनिभर्स प्रतियोगिताको कार्यक्रम […]

गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा शौरभ तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अन्स्क्रिन […]

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियोमा पुजा र आँचलसँग अभिनेता आकाश रोमान्टिक बनेका हुन् । भिडियोमा गायक रोशन पनि फिचर्ड छन् । गीतमा दिनेशराज पुरीको शब्द, […]

संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरिएको भिडियोमा […]

गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्रीकै शब्द संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् । सुमन तामाङले छायांकन गरेको भिडियोलाई कोशिष क्षेत्री आफैंले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा गायक […]