अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय दिन म्याक्कोनेलले उक्त आग्रह गरेका हुन् । रिपब्लीकन पार्टीका सिनेटरसँगको कन्फरेन्स कलमा छलफल गर्दै म्याक्कोनेलले […]

दक्षिण कोरियामा महिला खेलाडीलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक प्रशिक्षकलाई दश वर्षको जेल सजाय सुनाइएको छ । स्पीड स्केटिङ् खेलका पूर्वप्रशिक्षक चो जे–ब्योमलाई खेलाडी शिम सुक–हिलाई सन् २०१८ को शीतकालीन ओलिम्पिक्स खेल अगाडि यौन आक्रमण गरेको आरोपमा दोषी पाइएको हो । ती प्रशिक्षकले आफूले केवल खेलाडीलाई गाली गरेको र शारीरिक […]

कोरोनाभाइरस महामारीले आक्रान्त बनेको संयुक्त राज्य अमेरिकामा उक्त भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति बाइडनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन् । मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने बताइएको छ […]

विश्वमा ७ करोड भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ९७ हजार भन्दाबढी संक्रमणमुक्त भएसंगै ७ करोड ४ लाख ४८ हजार २३७७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा छ लाख ४० हजार चार सय भन्दाबढी संक्रमित थपिएका छन् […]

श्रीलङ्काले बिहिवार बिहान सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका शिलशिलामा गएका ५० नागरिक बिहीबार बिहानै सर्वप्रथम ओमन एअरको उडानमार्फत् बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । सरकारको निर्णयबारे राजधानी कोलम्बोमा […]

कोभिडविरुद्धको खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा भीषण आगलागी भएको छ । बिहीबार निर्माण कार्यको क्रममा आगलागी सुरु भएको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार अहिले आगलागी नियन्त्रणमा लिन दमकल सहित ठूलो संख्यामा अग्नी नियन्त्रकहरु खटिएका छन् । भारतको उक्त इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा चिनिन्छ । […]

चीन सरकारले आफ्नो व्यापारिक साम्राज्यविरुद्ध कारबाही थालेपछि अलिबाबा ग्रुपका संस्थापक तथा अर्बपति व्यापारी ज्याकमा पहिलो पटक सार्वजनिक जीवनमा देखा परेका छन् । केही महिना ओझेलमा परेकाले उनको स्थितिबारे निकै अडकालबाजी भएको थियो। उनी चीनका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् । एउटा सरकारी सञ्चारमाध्यमका अनुसार उनले बुधवार भिडिओमार्फत् ग्रामीण भेगमा कार्यरत […]

कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ । ‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,’ सपथ ग्रहणपश्चात् […]

विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख ८१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २० लाख ८३ हजार ३२६ पुगेको छ । यसअघि माघ १ गते १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यस्तै, पछिल्लो […]

जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् […]