काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख ५० हजार रुपैयाँ घुस दिएको आरोपमा झापाको विर्तामोड नगरपालिका– ६ बुट्टाबारीका उमानाथ खतिवडाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो […]

म्यान्मारमा सुरक्षाकर्मीको कारवाहीमा परी एकै दिनमा कम्तिमा एक सय जना प्रदर्शनकारीको मृत्यु भएको छ । गत फेब्रुअरी १ मा सैनिक कु भएयताकै सबैभन्दा घातक दिन शनिबार भएको सैनिक कारवाहीलाई हेरिएको छ । मारिनेमा घरमै बसेका बालबालिका समेत रहेका छन् । सैनिकले चरा मारे जसरी नागरिकहरुको हत्या गरेको दृष्य सार्वजनिक भएका […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दूरी राख्दै सुरक्षितरुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन् […]

भक्तपुर। भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले २५औँ स्थापना दिवस एवं रजत वर्ष मनाएको छ । बोडेस्थित कुमारी मन्दिर परिसरमा शनिबार आयोजनाल गरेको स्थापना दिवसको शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणकै कारण […]

चितवन । पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् । […]

काठमाडौं । आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेशन्सकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले बंगलादेशसँग गोल रहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग पनि गोलरहित बराबरीमा रोकिएको नेपालले दुई अंक बनाएर अन्तिम दुईमा स्थान […]

म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिवद्धता जनाएका छन् । म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा निर्वाचित प्रतिनिधिहरूलाई सैनिक नियन्त्रणमा लिई म्यानमारको शासनशक्ति हातमा लिएको थियो । त्यसयता म्यानमारमा सैनिक कू को विरोधमा प्रदर्शन हुँदै आएको छ । यो अवधिमा दर्जनौँ प्रदर्शनकारीको सुरक्षा कारबाहीमा […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन एक दुई दिनभित्रै फिर्ता लिने संकेत गरेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले समर्थन फिर्ता नलिन आफूलाई केही दवाव आएको भएपनि अब त्यसलाई थेग्न नसक्ने बताएका हुन् । उनले केपी ओलीको संसद विघटनको […]

बाङ्ग्लादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन् । बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका हुन् । एउटा इस्लामिक धार्मिक सङ्गठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हड्ताल गर्ने घोषणा गरेको छ […]

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले जोशीको निधनमा चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा […]