बीबीसी हिन्दी — इंडियन एक्सप्रेसले कोरोना भाइरसको कारण मानिसहरु कतिसम्म डराएका छन् भन्ने एक रोचक समाचार छापेको छ। यो खबर दिल्लीको हो। जँहा घर बाहिरको सडकमा ५०० रुपैयाको नोट थियो। तर त्यो नोट उठाउन कसैले पनि हिम्मत गर्न नसकेको समाचारमा भनिएको छ।
खासमा त्यहाँका स्थानीयले त्यो नोट देखेका हुन्। तर कोरोना भाइरस लगाएर फालेको भन्दै कसैले नोट टिप्ने हिम्मत गर्न सकेनन्। स्थानीयमा नोटको बिषयले त्रास फैलिएपछि स्थानीय प्रहरीले उक्त नोट टिपेर लगेको थियो। प्रहरीले समेत त्यो नोट टिप्नु पूर्ब नोटलाइ सेनिइटिज़ गरेर एक खाममा हालेर प्रहरीले थाना लगेको थियो।
तर यसको रहस्य पछि खुलेको थियो। त्यहाँकी स्थानीय महिलाले उक्त नोट एटिमबाट झिकेर त्यसबाट भाइरस सर्छ भन्दै उक्त नोट सेनिइटिज़ गरि घरको बार्दलीमा सुकाएकी थिइन्। त्यहीबाट उक्त नोट सडकमा झरेको थियो।
‘सडकमा छरिएको नोट कसैले नउठाउँदा रामराज्य आए जस्तो लाग्यो’ एक प्रहरी अधिकारिले भने ।