~उमा दाहाल ~
शान्ति नगर कारेश्वर काठमाडौ
नयाँ बर्ष
नयाँ उत्साह बोकेर
झपक्क बनेका पालुवाहरु
लाली गुराँसले राताम्य बनेका
डाडा पाखेराहरु
दुलही जस्तै देखिएका छन्
आज (१)
कोइलीको भाका सगै
गुन्जी रहेका ति पखेराहरु
डोको र हसिया सगै रमाउने
म मानव जाति मात्र
कैद छु आज
चार दिवाल भित्र
मुखमा माक्स
आँखामा गगल्सको
पीडा सगै सम्झिरहेकी छु
पिँजडा भित्रका पन्छिहरुलाइ (२)
रित्तो खल्ती भोका पेटहरु
भयावह सन्त्रास बोकि
यिनै चार दिवालमै अध्यारो
र उज्यालोको अन्तर बिहिन
समय सगै भित्तामा झुन्डिएको
पुरानै पात्रो पल्टाउन
विवश छु आज (३)
विश्वभर ताण्डव नृत्य देखाइ रहेको
कोरोना नामको जिवाणु लासमाथि
लासको खात लगाएर लासको चुचुरो
माथि उफ्रिरहेको दृश्यहरु बोकि
मेरो घर आगनमा किन आउछौ
नयाँ बर्ष तिमी (४)
विज्ञानको प्रयोगशालामा
सफलताको अस्त्र दिलाएर
हलो कोदालो सगै बाझा खेतहरु
लह लह झुलाउदै पाखा पखेराभरि
कोइली र डाफेसगै रमाउदै,नाच्दै,
गाउदै नेपालीको घर आगनमा
असीम शुभकामना लिएर आउ
नयाँ बर्ष तिमी
असीम शुभकामना लिएर आउ
नयाँ बर्ष तिमी (५)