काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन तीन वटा प्रस्ताव अघि सारेका छन् । बुधबार ट्वीट गर्दै भट्टराईले पहिलो उनकै पार्टीले हटाउनसक्ने, दोश्रो संसदले र तेश्रो सडक आन्दोलनले हटाउनुपर्ने बताएका हुन् ।

यसअघि मंगलबार पनि ट्वीट गर्दै भट्टराईले बर्तमान सरकार ढाल्नुको बिकल्प नभएको बताएका थिए । भट्टराईले कोरोनाको कहरका बेला अध्यादेश ल्याएर लोकतन्त्र विरोधी काम गरेकाले ओली सरकार बिदा गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘कोरोनापीडित आमजनता र लकडाउनरभोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन । दलीय घेराभन्दामाथि उठौं ! ओलीतन्त्रको अन्त्य गरौं ! लोकतन्त्रको रक्षा गरौं!’
