• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पार्टीको भावी कार्यदिशाबारे राप्रपाका तीन अध्यक्षबीच छलफल

ByHT

Apr 23, 2020
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षबीच पार्टीलाई क्रियाशील बनाउने विषयमा छलफल भएको छ । बिहीबार बिहान बूढानिलकण्ठस्थित कमल थापाको निवासमा अध्यक्ष त्रय थापा, पशुपतिशम्सेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच छलफल भएको हो ।

छलफलमा तीन अध्यक्षबीच जतिसक्दो चाँडो सशक्त ढंगवाट क्रियाशील हुने निर्णय भएको छ । तीन अध्यक्षबीच मुलुकको अवस्था, समसामयिक राजनीति र राप्रपाको भावी कार्यदिशाबारे महत्वपूर्ण छलफल भएको राप्रपाले जनाएको छ ।

HT