काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आफ्ना पार्टीका सांसद अपहरणमा पूर्वआइजिपी लगाएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, शान्तिसुरक्षा कायमगर्ने र अपहरण गर्नेलाई पक्रने तालिम पाएका एक ex IGP लाई समाजवादी सांसदलाई अपहरण गर्ने जिम्मा र संवैधानिक आयोगमा नियुक्तिको आश्वासन !
समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले सांसद अपहरणमा पूर्वआइजिपी सर्वेन्द खनाल, नेकपाका नेता महेश बस्नेत र व्यापारी एवं संघीय सांसद किसान श्रेष्ठ संलग्न भएको आरोप लगाएका छन् । पाण्डेले ट्वीटरमा लेखेका छन्, ‘पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर काठमाडौ ल्याइएको रहेछ । ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई विदा गरौं ।’