सांसद अपहरणमा पूर्वआइजिपीको प्रयोग !

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आफ्ना पार्टीका सांसद अपहरणमा पूर्वआइजिपी लगाएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, शान्तिसुरक्षा कायमगर्ने र अपहरण गर्नेलाई पक्रने तालिम पाएका एक ex IGP लाई समाजवादी सांसदलाई अपहरण गर्ने जिम्मा र संवैधानिक आयोगमा नियुक्तिको आश्वासन !

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले सांसद अपहरणमा पूर्वआइजिपी सर्वेन्द खनाल, नेकपाका नेता महेश बस्नेत र व्यापारी  एवं संघीय सांसद किसान  श्रेष्ठ संलग्न भएको आरोप लगाएका छन् । पाण्डेले ट्वीटरमा लेखेका छन्, ‘पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर काठमाडौ ल्याइएको रहेछ । ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई विदा गरौं ।’

HT

Next Post

पार्टीको भावी कार्यदिशाबारे राप्रपाका तीन अध्यक्षबीच छलफल

२०७७ बैशाख ११, बिहीबार ०९:०३
Spread the loveकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षबीच पार्टीलाई क्रियाशील बनाउने विषयमा छलफल भएको छ । बिहीबार बिहान बूढानिलकण्ठस्थित कमल थापाको निवासमा अध्यक्ष त्रय थापा, पशुपतिशम्सेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच छलफल भएको हो । छलफलमा तीन अध्यक्षबीच जतिसक्दो चाँडो सशक्त ढंगवाट क्रियाशील हुने निर्णय भएको छ । तीन अध्यक्षबीच […]

समाचार छुट्याे की?