कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १६ पुग्यो, उपचाररत ३५ को स्वास्थ्य पनि सामान्य

Spread the love

काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका जानकारी दिए ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौतहटका १९ वर्षीया पुरुष १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका बताए । उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ५१ पुगेको छ भने निको हुनेको संख्या १६ पुगेको छ ।

संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना, वीरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको कोरोना विशेष अस्पतालमा १ जना र विराटनगरको कोशी अस्पतालमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको छ । प्रवक्ता डाक्टर देवकोटाले विभिन्न अस्पतालमा उपचारत ३५ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ९ हजार ९ सय ३१ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४१ हजार ४ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ९६ वटा नमूना परीक्षण भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद अपहरण प्रकरणः काठमाडौं प्रहरीले लिन मानेन जाहेरी

२०७७ बैशाख १४, आईतवार ११:४५
Spread the loveकाठमाडौं । काठमाडौं प्रहरीले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई मुद्दा दर्ता नगरी फिर्ता गरिदिएको छ । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै जोहरी लिन नमानेको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यत्रो देशविदेश […]