स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे लेखा समितिले थाल्यो छानबिन

Spread the love

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन थालेको छ । लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र लेखेर स्वास्थ्य सामग्री खरिदसम्बन्धि कागजात ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशनका कारण स्वास्थ्य सेवा विभागले नियमित टेण्डर प्रक्रिया रद्द गरी छलफलबाट सोझै औषधि आपूर्ति गर्ने निर्णय गरेको थियो। बजार मूल्यभन्दा महंगोमा खरिद भएको, प्रक्रिया मिचिएको अनि सेटिङमा खरिद भएको भनी चौतर्फी आलोचनापछि खरिद रद्द भएको थियो। ओम्नी समूहले पहिलो लटमा मात्रै केही सामग्री आपूर्ति गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १६ पुग्यो, उपचाररत ३५ को स्वास्थ्य पनि सामान्य

२०७७ बैशाख १४, आईतवार १०:४३
Spread the lovemoreकाठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका जानकारी दिए । आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौतहटका […]