चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच टेलिफोन वार्ताः कोरोनासँग जुध्न चीनले निरन्तर सहयोग गर्ने

Spread the love

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी कोरोनासँग जुध्न निरन्तर सहयोग गर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति भण्डारीलाई सोमबार टेलिफोन गरी कोरोनासँग जुध्न सहयोग गर्ने बताएका हुन् ।

कुराकानीका क्रममा सी ले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले आफ्नो देशमा कोभिड–१९ महामारी नियन्त्रणका लागि चीनको सफलताको प्रशंसा गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाललाई अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएकोमा चीनलाई धन्यवाद दिनुभएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

HT

Next Post

'पार्टी र कार्यकर्ता त निमित्त मात्र रहेछन्'

२०७७ बैशाख १५, सोमबार १७:०४
Spread the loveसुवोधराज प्याकुरेल । २०६२ को आन्दोलन तताउन सकिएन । नेताहरुलाई घरघरै गएर अनुरोध गरियो । टुँडिखेलमा सबै दलका नेताले आयन्दा एकताबद्ध भएर प्रजातान्त्रिक संस्कार र राष्ट्रिय एकताको मर्म अनुरूप व्यवहार गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनले गति लियो । त्यतिलेमात्र कतिपयलाई चित्त बुझेन । नयाँ बानेश्वरमा मञ्च बनाएर नेता भूइँमा […]

समाचार छुट्याे की?