कांग्रेसद्वारा कोरोनाले पारेको असरबारे अध्ययन गर्न १४ सदस्यीय अर्थतन्त्र केन्द्रित बिशेष समिति गठन

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेका छन् । पार्टीको बैशाख १७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न सभापतिले समिति गठन गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरि रहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका व्यक्ति सहभागी छन् ।

समितिको सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसरी निर्माण हुँदैछ बञ्चरेडाँडामा ल्याण्डफिल साइट

२०७७ बैशाख २४, बुधबार ०८:३०
Spread the loveकाठमाडौं । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साडट छिटो सञ्चालनमा ल्याउन सहरी विकास मन्त्रालय र काठमाडौं महानगरबाट संयुक्त प्रयास भइरहेको छ । यस क्रममा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाढौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालसहित अधिकारीहरु बञ्चरेडाँडा पुगेर निर्माणस्थलको निरीक्षण गरेका छन् […]

समाचार छुट्याे की?