प्रचण्डले भने -पार्टीभित्र कुनै समस्या छैन, एक दुई दिनभित्रै स्थायी कमिटी बैठक

Spread the love

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै पार्टीको स्थायी कमिटी बैठक बस्ने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको भन्दै केही दिनभित्रै बैठक बस्ने बताएका हुन् ।

उनले आन्तरिक गृहकार्य नपुगेकाले बैठक स्थगीत गरिएको बताऐ । फरक प्रसंगमा प्रचण्डले संसद बैठकको तयारी पूर्ण रहेको आफुले पाएको बताए । प्रचण्डले बैठकका लागि सिट समेत मिलाइएको पाइएको जानकारी दिए । संसद भवन बानेश्वरमा उनले कोरोना परीक्षण पनि गराएका थिए भने संसद भवनको निरीक्षण पनि गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरसको संरचनामा भएको परिवर्तनले वैज्ञानिकहरू अचम्मित

२०७७ बैशाख २५, बिहीबार १०:४०
Spread the loveअहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा बेलायतका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनु तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन । भाइरसहरूमा उत्परिवर्तन भइरहन्छ । तीमध्ये कुन परिवर्तनले भाइरसको सङ्क्रमणशक्ति र रोगको सघनतामा […]

समाचार छुट्याे की?