Spread the love
काठमाडौं । संघीय संसदको शुक्रबारदेखि अधिवेशन सुरु हुने भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको बिहीबारदेखि कोरोना भाइरसको नमुना परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभाका सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण भइरहेको हो । सबै सांसदको एकै दिन स्वाब संकलन गरिसक्ने संसद सचिवालयले जनाएको छ ।