कोशी अस्पताल विराटनगरबाट थप आठ कोरोना संक्रमित डिस्चार्ज

Spread the love

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररत थप ८ जनामा कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि शुक्रबार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका थिए । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप सात जनालाई कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

२०७७ बैशाख २६, शुक्रबार १५:१४
Spread the loveकाठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका तीन पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]