दल विभाजन गर्ने र सांसद अपहरण गर्न प्रधानमन्त्रीले लगाएको भन्दै बाबुराम भट्टराईले मागे राजीनामा

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईंले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा भट्टराईले प्रधानमन्त्री दल विभाजन गर्ने र सांसद अपहरण गर्ने काममा रहेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

देशको कार्यकारी पार्टी फुटाउने र संवैधानिक निकाय कब्जा गर्ने काममा लाग्नु लोकतन्त्रका लागि खतरा भएको भट्टराईको भनाइ थियो । उनले अहिले सरकारको छवि राम्रो नभएको र राजनीतिमा सबै भ्रष्ट, पदलोलुप भन्ने विम्ब बनेको बताए ।

सांसद अपहरण गरेको विषयको जाहेरी समेत नलिएको भन्दै उनले रातारात सांसद र पूर्व प्रहरी प्रमुख किन जानु पर्यो भनी प्रश्न गरे। उनले कोरोनापछिको उपचारलाई प्रभावकारी बनाउनुपर्ने र अब अर्थतन्त्रलाई मजबुद बनाउनुपर्नेमा पनि सरकारको ध्यान जानुपर्ने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिंहदरबारको मुख्य गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

२०७७ बैशाख २६, शुक्रबार १५:०८
Spread the loveकाठमाडौँ । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । शुक्रबार दिउँसो भएको झडपमा प्रहरीसहित केही घाइते भएका छन् । निषेधित क्षेत्रमा चिनियाँ नागरिक जुलुससहित आएपछि झडप भएको हो । उनीहरुले आफूहरुसँग खर्च नभएको र स्वदेश […]

समाचार छुट्याे की?