वैज्ञानिकहरू बृहस्पति ग्रहको नयाँ तस्वीर खिच्न सफल

Spread the love

खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन् । तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ । उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ ।

त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले “लक्की इमेजिङ“ भन्ने प्रविधि प्रयोग गरेका थिए । जसले पृथ्वीको हलचलयुक्त वायुमण्डलका कारण तस्वीर धमिलो तुल्याउने प्रभाव हटाइदिएको थियो । यो उपायबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्वीरहरू मात्र निकालिन्छ। जब सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ ।

बृहस्पतिको वायुमण्डलमाथि रहेको पातलो बादल र तुवाँलोभित्र इन्फ्रारेड किरणमा हबल जस्तो टेलिस्कोपले तस्वीर खिच्दा वैज्ञानिकहरूलाई उक्त ग्रहको भित्री भागसम्मको दृष्य उपलब्ध गराउन सक्छ । अनुसन्धानकर्ताहरू यो ग्यासले बनेको विशाल ग्रहको मौसम प्रणाली कसरी विकसित हुन्छ भन्ने जान्न चाहन्छन् । खासगरी यो ग्रहमा उत्पन्न हुने विशाल आँधीबारे उनीहरूको गहिरो चासो छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन्

२०७७ बैशाख २७, शनिबार ११:५९
Spread the love – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ १. थुक्ने बानी बन्द गरौँ : सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ | अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ | थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले […]