कांग्रेसले भन्यो -चीन र भारत दुबैसँग वार्ता गर

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले उच्च स्तरीय कुटनैतिक पहलमार्फत नेपाली भूमि रक्षा गर्न सरकारलाई सुझाव दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी उच्चस्तरीय कुटनैतिक प्रक्रिया मार्फत आजको मुद्दा समाधानका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो । अतः महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा आजको मितिमा पुनः दोहोर्याउन चाहन्छौं ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनद्वारा ४० हजार पीसीआर किट हस्तान्तरण

२०७७ बैशाख २९, सोमबार १३:३२
Spread the loveकाठमाडौं । चीन सरकारले नेपाललाई कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी मेडिकल सामग्री अनुदानमा उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरिन् । यान्छीले कोरोना परीक्षणका लागि ४० हजार पीसीआर किट हस्तान्तरण गरिन् । त्यस्तै चीनले २० […]

समाचार छुट्याे की?