नेपालले भारतीय राजदूतमार्फत पठायो ‘कुटनीतिक नोट’

Spread the love

काठमाडौँ । नेपाली भूमि अतिक्रमणको विरोधमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ । नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर परराष्ट्र मन्त्रालयले कुटनीतिक नोट दिएको हो ।

राजदूत क्वात्राले सोमबार बिहान परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीलाई मन्त्रालयमा भेटेका हुन् । नेपाली भूमि मिचिएको विषयमा भारतीय पक्षसँग उच्चस्तरीय वार्ताको लागि पहल भइरहेपनि भारतले कोरोना संकटपछि मात्रै यसबारे कुराकानी गर्ने भन्दै आएको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक शुक्रबार उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी भारतीय कदमको विरोध गरिसकेको छ । त्यसैगरी सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत सम्पूर्ण राजनीतिक दल तथा नेपाली नागरिकले भारतीय कदमको विरोध गरेका छन् ।

केही भने यो मुद्दा अब अन्तर्राष्टियकरण गर्नुपर्ने बताएका छन् । यसअघि पनि सरकारले सडक निर्माणको विषयलाई लिएर भारतलाई कुटनीतिक नोट पठाएको थियो । तर भारतले त्यसको वेवास्ता गर्दै आएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल फेला

२०७७ बैशाख २९, सोमबार १३:३६
Spread the loveखगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल (कृष्णविवर) पत्ता लगाएका छन् । त्यो झन्डै एक हजार प्रकाशवर्ष टाढा ’टेलिस्कोपीअम’ नामक नक्षत्रमण्डलमा छ । अर्थात् पृथ्वीबाट झन्डै ९ हजार पाँच सय खर्ब किलोमिटर पर । हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ। तर ब्रह्माण्डको विशालतामा […]

समाचार छुट्याे की?