• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

जापानमा काम गर्ने नेपालीलाई विमान चार्टर्ड गरी पठाइने

ByHT

May 15, 2020
Spread the love

काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेठ ५ गतेपछि निरन्तरता दिने तयारी गरेको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोनाको वर्तमान अवस्थाका बारेमा स्वास्थ्यकर्मी, लगायत बिज्ञहरुसंग छलफल गर्दै कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई प्रभावकारी रुपमा निरन्तरता दिने तयारी गरेको हो ।

कारोना प्रभावित नभएका क्षेत्रमा लकडाउनलाई केही खुकुलो गर्ने र कोरोना प्रभावित क्षेत्रमा थप कडाई गर्ने तथा जेठ ५ गतेपछि पनि निरन्तरता दिने बिषयमा छलफल भएको समितिका प्रवक्ता एवं मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

बैठकले लकडाउनअघि नेपाल आएका जापानमा काम गर्ने ६ सय नेपालीहरुलाई चाटर्ड बिमानबाट जापान पठाउने निर्णय गरेको छ । त्यसका लागि कामदारहरुले नै चाटर्ड बिमानको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै लकडाउनअघि नै नेपाल आएका हङ्कङ आइडी बाहक नागरिकहरुलाई पनि फिर्ता जान दिने निर्णय गरिएको बिडारीले बताए ।

समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको हो । लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका थिए । चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सबैले परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन सुझाव दिएको जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *