• Thu. Oct 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपालमा कोरोना संक्रमितको संख्या २६७, थपिए नौ संक्रमित

ByHT

May 15, 2020
Spread the love

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय, वीरगंजका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यस्तै उदयपुरको त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *