Spread the love
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको पुष्टि गरेको हो ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी संक्रमितको संख्या २८१ पुगेको मन्त्रालयले जनाएको छ ।