• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्रचण्ड र ओलीले भने -दासढुंगा घटनाको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्छौं

ByHT

May 16, 2020
Spread the love

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने उद्घोष गरेका छन् । २७ औं मदन आश्रित स्मृति दिवसमा विज्ञप्ति जारी गरी अध्यक्षद्वयले यस्तो उद्घोषण गरेका हुन् । २०५० जेठ तीन गते नेकपा एमालेका तत्काली पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित दासढुङ्गामा रहस्यमय दुर्घटनामा परि निधन भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, “दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ वर्ष बितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटनामा मान्न तयार छैनन् । उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरूद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् । २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।”

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *