काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । त्यसअघि आइतबार दिउँसो बसेको उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो। कोरोना संक्रमणको जोखिम बढेपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु गरिएको हो ।