आफ्ना नागरिक स्वदेश फर्किंदा रोग भित्रिन्छ भन्ने जस्ता कारणले राष्ट्र पिठ्युँ फर्काएर बस्न मिल्दैन

Spread the love

विष्णु रिजाल ।

आफ्ना नागरिक स्वदेश फर्किंदा रोग भित्रिन्छ, बेरोजगारी थपिन्छ वा खाद्य संकट आउँछ भन्ने जस्ता कारणले कुनै पनि राष्ट्र पिठ्युँ फर्काएर बस्न मिल्दैन । सीमामा हजारौँ नागरिक जम्मा भइसकेका छन् । भारतमा पनि प्रवासी श्रमिकका समस्या उस्तै छन् । आफ्ना नागरिकलाई स्वदेश ल्याउने, सीमामा क्यारेन्टाइन बढाउने, पीसीआर गर्ने र घर पठाउनेमा ध्यान केन्द्रित आवश्यक छ । यही नै राज्यको अहिलेको दायित्व हो ।

यसका लागि प्रदेश सरकार र नेपाली सेनालाई परिचालन गर्नुपर्छ । दुई महिनासम्म सीमामा दुई चार लाख मानिस राख्न सक्ने गरी क्वारेन्टाइन व्यवस्था भइसक्नुपथ्र्यो । समस्या अझै चर्किने निश्चित छ । त्यसैले क्वारेन्टाइन बनाउन ढिलो नगरौँ । मानिसहरुलाई त्यहाँ बस्न प्रेरित गरौँ ।
चीन, भारत, जर्मनी र अमेरिकाले केही स्वास्थ्य सामाग्री दिएका छन् । सेनाले पनि चीनबाट पहिलो खेप सामग्री भित्र्याएको छ । निजी क्षेत्रबाट पनि केही सामग्री आएको छ । व्यापक मात्रामा सीमावर्ती क्षेत्रमा परीक्षण बढाउनुको विकल्प छैन ।

मूल सीमा नाकाबाट सहज तरिकाले मानिसहरुलाई आउन नदिँदा चोर बाटोबाट छिर्छन् र जोखिम झन् बढ्छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले पहिले सीमामा आइसकेका र आउनसक्ने भारतमा रहेका प्रवासी नेपालीहरु र त्यसपछि विभिन्न ठाउँमा रहेका नेपालीहरुका समस्यामा ध्यान केन्द्रित आवश्यक छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतलाई प्रधानमन्त्रीको प्रश्नः सिंह मेवजयते कि सत्यमेव जयते ?

२०७७ जेष्ठ ५, सोमबार १४:१३
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र नेपालको भएकाले जसरी पनि फिर्ता ल्याइने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको भूमि फिर्ता ल्याउनकै लागि मन्त्रिपरिषद बैठकले नयाँनक्सा जारी गर्ने निर्णय गरेको बताएका हुन् । उनले भने, ‘२०१८ सालसम्म हामीहरुले तिरो तिर्ने […]

समाचार छुट्याे की?