काठमाडौं । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाले पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले कार्यक्रम बहुमतबाट पारित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । यसअघि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए।