• Thu. Oct 22nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमितको संख्या ४५३ पुग्यो, झापामा आठ र रुपन्देहीमा एक थपिए

ByHT

May 21, 2020
Spread the love

काठमाडौं । नेपालमा बिहीबार थप नौ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रुपन्देहीमा एक र झापामा आठ जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । जसमा ३८३ पुरुष र ७० जना महिला छन् । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक र गुल्मीका एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण अहिलेसम्म ३८ जिल्लामा फैलिएको छ । यसैबीच काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना कोरोना संक्रमित बिहीबार निको भई डिस्चार्ज भएका छन् । प्रवक्ता देवकोटाका अनुसार दुई जना पुरूष र दुई जना महिला निको भई डिस्चार्ज भएका हुन् । उनीहरु अस्पताल भर्ना भएको नौ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको भई डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ । बुधबार मात्र उदयपुरका ८ जना संक्रमित निको भएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *