कोरोना संक्रमितको सङ्ख्या विश्वभर ५० लाख नाघ्यो

Spread the love

संसारभरि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको सङ्ख्या ५० लाख पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाभाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ लाख २८ हजार भन्दा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बुधवार संसारभरि एक लाख ६ हजार जनामा सङ्क्रमण पुष्टि भएको बताएको थियो । यो एकै दिन पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो । अहिलेसम्म अमेरिका, रुस, ब्रजिल र वेलायतमा सर्वाधिक सङ्क्रमित छन् ।

एशियामा भारत सबैभन्दा बढी प्रभावित देखिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कम र मध्यम आय भएका देशहरूमा सङ्क्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो दश लाख सङ्क्रमण दुई हप्ताभन्दा कम समयमा भएको तथ्याङ्कले देखाउँछ । विज्ञहरूले सङ्क्रमितको कुल सङ्ख्या परीक्षणको अभावमा कम देखिएको हुन सक्ने बताउँदै आएका छन् ।

डा. टेड्रोसले भने, ‘विगत २४ घण्टामा एक लाख ६ हजार वटा सङ्क्रमण पुष्टि भएका छन् जुन एकै दिनमा देखिएको सर्वा्धिक सङ्ख्या हो।’ उनले यो महामारी अझै लामो समय चल्न सक्ने पनि बताए।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

२०७७ जेष्ठ ८, बिहीबार ११:२०
Spread the loveकाठमाडौँ । नेपालमा कोरोना संक्रिमतको संख्या चार सय ५७ पुगेको छ । बिहीबार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बाँकेका २ र कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका नरैनापुरका ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीया महिलालाई तथा कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका […]