नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

Spread the love

काठमाडौँ । नेपालमा कोरोना संक्रिमतको संख्या चार सय ५७ पुगेको छ । बिहीबार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बाँकेका २ र कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका नरैनापुरका ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीया महिलालाई तथा कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म नेपालमा संक्रमित पुष्टि भएकाहरुमध्ये ४९ जना निको भएर घर फर्केका छन्छन् भने सिन्धुपाल्चोककी एक महिला, बाँकेका एक युवा र गुल्मीका एक शिक्षक गरी ३ जनाको मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउदी अरबमा एक हजार तीन सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

२०७७ जेष्ठ ८, बिहीबार १५:३२
Spread the loveकाठमाडौं । साउदी अरबमा १३ सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउदी अरबको रियादस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति जारी गरी संक्रमितको संख्या १३ सय ६४ पुगेको जानकारी दिएको हो । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्वक्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य […]