काठमाडौं । नेपालले भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्शा सार्वजनिक गरेको विषयलाई लिएर यतिबेला भारतीय संचारमाध्यम नेपालविरुद्ध अफबाह फैलाइरहेका छन् । भारतीय संचारमाध्यमले चीनको उक्साहटमा नेपालले भारतीय भूमिसहितको नक्सा निकालेको आरोप लगाउँदै आएका छन् । भारत सरकारले समेत नेपालको नयाँ नक्सा आफूहरुलाई स्वीकार्य नहुने बताएको छ ।
अहिले भारतीय टेलिभिजन च्यानलहरुले नेपाली नेता तथा पत्रकारहरुसँगसमेत अन्तरवार्ता लिन थालेका छन् । उनीहरुको प्रस्तुतीनै हेपाहा प्रवृत्तिको देखिएको छ । भारतीय टेलिभिजनको एउटा अन्तरवार्तामा नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाल कडारुपमा प्रस्तुत भएका छन् ।
पत्रकार अर्नव गोस्वामीले घमण्ड देखाउँदै प्रश्न गरेपछि रिजालले प्रश्ननै सच्यान चेतावी दिएका छन् । चीनको उक्साहटमा नेपालले सीमा विवाद झिकेको भन्ने प्रश्न राख्न नपाउँदै रिजाल आक्रोसित हुँदै पत्रकारलाई स्टेटमेन्ट होइन प्रश्न राख्न सुझाव दिएका थिए ।
हेर्नुस् रिजालसँगको अन्तरवार्ता