एकैदिन १९ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

Spread the love

काठमाडौं । रुपन्देही र पर्साको वीरगंजबाट शनिबार १९ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । त्यसैगरी, वीरगंजको नारायणी अस्पतालबाट कोरोना भाइरस मुक्त भएका नौ जनालाई शनिबार डिस्चार्ज गरिएको छ ।

चार पटकसम्मको पीसीआर रिर्पोटमा नेगेटिभ देखिएपछि अस्पतालमा उपचाररत एक भारतीय सहित नौ जनालाई डिस्चार्ज गरिएको हो । बैशाख १४ गते देखि २१ गतेभित्र अस्पताल भर्ना भएका रौतहटका तीन जना, पर्साका तीन जना, बाराका दुई जना र एक जना भारतीयको रिर्पोट नेगेटिभ आएपछि डिस्र्चाज गरिएको नारायाणी अस्पतालले जनाएको छ । योसँगै कोरोना निको भई घर फर्किनेको संख्या ८९ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात मिलाउने दिन फेरि कहिल्यै आउला ?

२०७७ जेष्ठ १०, शनिबार १६:५८
Spread the loveविश्वभरीका मानिसहरू एक अर्कालाई नछुन र हजारौँ वर्षदेखि चल्दै आएको जैविक र सामाजिक चलनबाट टाढा रहन सङ्घर्षरत छन् । एउटा निकै प्रचलित हात मिलाउने चलन महामारीपछि हराउन सक्छ तर विकल्पहरू पनि छन् । जेम्स जेफ्री लेख्छन्ः सामान्यदेखि ठूलाबडाहरूले विनम्रतापूर्ण रूपले हात मिलाउँछन् । भविष्यमा कहिल्यै भेट नहुने मानिससँग […]